• २०८३ श्रावण २९ शुक्रबार

नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबार

नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४४ कम्पनिका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४  अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मा कारोबार भएको थियो । आज जीवन वीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सुपर खुदी हाइड्रोको शेयर १२.८३ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कृषि विकास बैंक बण्डको ७० करोड ८७ लाख बराबरको कारोबार भएको छ भने खानीखोला हाइड्रोको १७ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै