काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४६६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४७५० मा कारोबार भएको थियो ।






2026-08-14-10-49-09_1000x533_50.webp)


