काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४८ कम्पनिका ८७ लाख १ हजार ९४४ कित्ता शेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन वीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्यापको शेयर ४.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आइसीएफसी फाइनान्स डिभेन्चरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोड १९ लाख बराबरको कारोबार भएको छ भने स्प्ली हाइड्रोको १४ करोड ९५ लाख बराबरको कारोबार भएको छ ।








