• २०८३ श्रावण २६ मंगलबार

शेखर गोल्छालाई एक करोड धरौटीमा छोड्न विशेष अदालतको आदेश

शेखर गोल्छालाई एक करोड धरौटीमा छोड्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले व्यवसायी गोल्छासँग एक करोड धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतले थुनछेक बहसमा उनीसँग धरौटी माग गरेको हो । धितोपत्रसम्बन्धी कसूर गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो माग गरेर मुद्दा दायर गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै