• २०८३ श्रावण २३ शनिबार

देउवा फर्किने मिति परिवर्तन, साउन २८ गते आउदै

देउवा फर्किने मिति परिवर्तन, साउन २८ गते आउदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ । 

यसअघि साउन २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएकोमा अब उनी साउन २८ गते स्वदेश फर्किने भएका हुन् ।  देउवा निकट कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा साउन २८ गते अपराहन्न १२ बजे काठमाडौं आइपुग्ने भएका हुन् ।

गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए । 

काँग्रेस विभाजन उन्मुख भइरहेका बेला देउवाको स्वदेश फिर्तीले थप चर्चा पाएको छ ।  देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ भने अर्कोतर्फ देउवा र पूर्व उपसभापति पूर्ण बहादुर खड्काले सर्वोच्चमा दिएको यसअघिको आदेशको पुनरावलोकन निवेदन स्वीकृत भएपछि काँग्रेस विवाद बारे सर्वोच्चमा फेरी शुरु देखि सुनुवाई हुने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै