• २०८३ श्रावण २१ बिहीबार

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ सेवा निवृत्त

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ सेवा निवृत्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त भएका छन् । 

गुरागाईँले, २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गरेका थिए । उमेर हदका कारण उनी बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । 

महानगरपालिकाले उनलाई विदाइ गरेको छ । विदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु सहभागी थिए । विदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले, कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गरेको प्रशासनिक नेतृत्व काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहने बताइन् । 

विदाइ अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, आफ्नो साढे ३२ वर्षे सेवा अवधिमा काठमाडौँ महानगरपालिकामा सेवा गरेको अवधि सबैभन्दा स्मरणीय रहेको बताए । 

२०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका गुरागाईँको सेवा कालको सबैभन्दा धेरै समय स्थानीय तहमा वित्यो । त्यस क्रममा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब २ वर्ष र स्थानीय तहमा करिब २१ वर्ष सेवा गरेका थिए । 

काठमाडौँ महानगरपालिका आउनु अघिका करिब ७ वर्ष उनले उद्योग मन्त्रालय अन्तर्गतको काम गरेका थिए । २०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै