• २०८३ श्रावण १९ मंगलबार

परराष्ट्रमन्त्री खनाल र मोरक्कोका राजदूत मलिकीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मोरक्कोका राजदूत मलिकीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग मोरक्को अधिराज्यका गैरआवासीय राजदूत मोहम्मद मलिकीले भेटवार्ता गरेका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र मोरक्कोबीच रहेको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै पक्षबीच कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने, विशेषगरी रासायनिक मल आपूर्तिलाई प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

यस्तै, नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, आपसी सम्पर्क विस्तार, तालिम तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै