• २०८३ श्रावण १७ आइतबार

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

बुटवल । दाङको राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन् ।

प्रहरीका अनुसार भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको युपी–४४ एएस–८१२४ नम्बरको कार चालकको नियन्त्रणबाट बाहिरिँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटनामा परेको हो ।

दुर्घटनामा कार चालक भारतको सिद्धार्थनगर नगरपालिका–६ निवासी २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख तथा ३२ वर्षीय सनि कुमार घाइते भएका छन् ।

घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै