काठमाडौँ । साफ च्याम्पियनसिप २०२६ को समूह चरणको ड्र सम्पन्न भएको छ ।
साफको समूह ए मा बंगलादेश, श्रीलंका र भुटान छन् । समूह बी मा भारत, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल भने फिफाको निलम्बनमा रहेका कारण ड्र मा सहभागी गराइएको छैन । तर नेपालको निलम्बन फुकुवा भएको अवस्थामा समूह ए मा रहने दक्षिण एशियाली फुटबल महासंघले जनाएको छ ।
प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा आगामी कात्तिक १८ देखि मंसिर १ गते (नोभेम्बर ४-१७) सम्म सञ्चालन हुनेछ ।









