• २०८३ श्रावण १५ शुक्रबार

राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश

राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश

काठमाडौँ ।  विशेष अदालतले राहदानी छपाइको ठेक्कासम्बन्धी मुद्धामा अदालत उपस्थित भएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ । 

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छोडेको हो  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित थापासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार बिगो दाबी गरिएको थियो ।

थापा हाल राहदानी छपाईको ठेक्का पाएको दुई मध्ये एक कम्पनी भेरिडोसको नेपाल प्रतिनिधि हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै