काठमाडौँ । विशेष अदालतले राहदानी छपाइको ठेक्कासम्बन्धी मुद्धामा अदालत उपस्थित भएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छोडेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित थापासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार बिगो दाबी गरिएको थियो ।
थापा हाल राहदानी छपाईको ठेक्का पाएको दुई मध्ये एक कम्पनी भेरिडोसको नेपाल प्रतिनिधि हुन् ।









