काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्त नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो ।
यस्तै, ओखलढुङ्गाका गुरु प्रसाद वाग्ले र काठमाडौँका डा. राजीब सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।
नवनियुक्त पदाधिकारीहरूले अब निर्वाचन आयोगको संवैधानिक जिम्मेवारीअनुसार निर्वाचन व्यवस्थापन, अनुगमन तथा निर्वाचनसम्बन्धी अन्य कार्य सम्पादन गर्नेछन्।









