• २०८३ श्रावण १३ बुधबार

नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य

नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ९ विकेट गुमाउदै २२५ रन बनाएको हो । पहिलो बलमै विकेट गुमाएको नेदरल्याण्डसले सम्हालिदै नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

नेदरल्याण्डसका लागि नोआह क्रोजले सर्बाधिक ७० रन बनाएका थिए भने कप्तान स्कट एडवर्ड्सले ५७ रन बनाएका थिए । त्यस्तै लोगान भान बीकले २७ र जाक लायन काचेटले १६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए । त्यस्तै हेमन्त धामी र ललित राजबंशीले एक एक विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै