• २०८३ श्रावण १० आइतबार

सरकार र डा. गोविन्द केसीबीच आज वार्ता हुदै

सरकार र डा. गोविन्द केसीबीच आज वार्ता हुदै

धनगढी । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा गोविन्द केसीसँग आज वार्ता हुने बताएका छन् ।

शनिबार धनगढी पुगेका पौडेलले नै डा केसीसँग उनी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका थिए । त्यस क्रममा डा केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिएका थिए । 

सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ थियो । 

वार्तामा सहभागी हुन् प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।

डा. केसी गत बिहीबारदेखि पाँच बुँदे मागसहित सत्याग्रहमा बसेका छन् । उनले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो प्रमुख अडानका रूपमा अघि सारेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै