• २०८३ श्रावण ९ शनिबार

सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

काठमाडौँ । सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरीका आधारमा बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आयोगले जिल्ला सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वाटरबाट घुस रकम ७ लाख ५० हजार रुपैयाँ, स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइल समेत बरामद गरेको जनाएको छ ।

उनीहरूलाई साउन ८ गते नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै