काठमाडौँ । विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा आज नेदरल्याण्डस र नामिबिया आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ ।
सिरिजमा नेदरल्याण्डस र नामिबियाले नेपाललाई पराजित गरेर सिरिजमा एक एक खेल जितेका छन् ।
त्यसैगरी नेदरल्याण्डस र नामिबिया अहिलेसम्म एकदिवसीय खेलमा ४ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डसले ३ पटक जितेको छ भने नामिवियाले एक खेल जितेको छ ।
विश्वकप लिग-२ मा नेदरल्याण्डसको २९ खेलमा ३४ अंकसहित तेस्रो स्थानमा छ भने नामिबियाको २९ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ ।
लिग-२ यो सिरिज ३१ जुलाईसम्म हुने छ । यस सिरिजमा अर्को खेल जुलाई २७ मा नेपाल र नामिबिया, जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।









