काठमाडौँ । नेपाली फिल्म ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक भएको छ । रेखा थापा र आर्यन सिग्देलले लामो समयपछि अभिनय गर्न लागेको फिल्म रुद्रपियाको दोस्रो गीत ‘घरी घरी’ सार्वजनिक भएको हो ।
गीतलाई बानीका प्रधानले स्वर दिएकी छन् भने शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ ।
आगामी कार्तिक २ गते प्रदर्शनमा आउने ‘रुद्रप्रिया’ मा रेखा र आर्यनका अलावा राजन इशानले पनि अभिनय गरेका छन् ।
फिल्मलाई रेखा र आर्यन दुवै मिलेर निर्माण गरेका हुन् भने फिल्मको निर्देशन सुदीप बोबी भुपाल सिंहले गरेका हुन् ।