• २०८३ श्रावण ८ शुक्रबार

विश्वकप लिग- २ मा नेपालको लगातार दोस्रो हार, नेदरल्याण्डस ६ विकेटले विजयी

विश्वकप लिग- २ मा नेपालको लगातार दोस्रो हार, नेदरल्याण्डस ६ विकेटले विजयी

काठमाडौँ । नेपालले विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । विहिबार सम्पन्न खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो ।  

नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ४४.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेदरल्याण्डसका लागि स्कट एडवार्डसले ६१ र नोआह कोरेजले ३४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।    

यसअघि नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै ४४.४ ओभरमा अल आउट भएर १५७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले सर्बाधिक ४१ रन बनाए भने गुलशन झाले २९ र दिपेन्द्र सिंह ऐरीले २१ रन बनाएका थिए । त्यस्तै आसिफ शेखले १४ र करण केसीले १३ रन बनाएका थिए । त्यसैगरी नेदरल्याण्डसका बलर एलेक्स रोय र रोएलोफ भान डेर मेर्वेले ३-३ विकेट लिए भने लोहान भन बीकले २ विकेट लिएका थिए ।

लिग-२ यो सिरिज ३१ जुलाईसम्म हुने छ । यस सिरिजमा जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया,  जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।

लिग-२ को अहिलेसम्मको अंक तालिकामा नेदरल्याण्डस २९ खेलमा ३४ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल ३० खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ । त्यस्तै नामिबिया २९ खेलमा २४ कसहित छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै