• २०८३ श्रावण ६ बुधबार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

झापा । झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन् ।

अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा झैँ–झगडा भएको थियो । सो क्रममा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो ।

घटनापछि धनबहादुर घरकै अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए । गम्भीर अवस्थामा रहेका दुवैलाई उपचारका लागि दमक अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै