• २०८३ श्रावण ६ बुधबार

कृष्ण सिटौलाको गगन थापालाई प्रश्न- हाम्रो सानो माग पुरा गर्न किन नसकेको ?

कृष्ण सिटौलाको गगन थापालाई प्रश्न- हाम्रो सानो माग पुरा गर्न किन नसकेको ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गगन थापालाई सानो माग पुरा गर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

देउवा समुहले आयोजना गरेको ४४औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापासहित अहिलेको काँग्रेसको नेतृत्वसँग इतिहासको कालखण्डमा लामो संघर्ष गरेका नेता कार्यकर्ताको सानो माग पुरा गर्न किन नसकेको भन्दै प्रश्न गरेका छन् ।

सिटौलाले विपी कोइरला, गणेशमान, कृष्णप्रसाद भट्टराईको लिगेसी बोकेको समुहलाई नजरअन्दाज नगर्न आग्रह गर्दै काँग्रेस जोगाउने आग्रह गरे । उनले निर्वाचन आयोगले गरेको निर्णय आफुले नमान्ने भन्दै आफुहरु अन्यायमा परेको बताए ।

सिटौलाले अहिलेको देशको अवस्था संकटमा रहेको र यस अवस्थाबाट काँग्रेसले नै बाहिर निकाल्ने भन्दै देशको संबिधान कहाँ छ ? देशको न्यायालय स्वतन्त्र छ ? कहाँ छ अख्तियार ? कहाँ छ संबिधानको मर्म ?  भन्ने प्रश्न गरेका थिए ।

सिटौलाले सभापति थापालाई एक्लै नहिडन चेतावनी दिदै भोली लडेको अवस्था आफुहरुले नै सम्हाल्नुपर्ने अवस्था आउने बताए । सिटौलाले यस महिनाको अन्तिमसम्म भेला गरेर नयाँ कार्यदिशा तय गर्ने बताउदै गगन थापालाई काँग्रेसलाई जोडने साहस गर्न आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै