• २०८३ श्रावण ५ मंगलबार

रास्वपाको बागलुङ जिल्ला अधिवेशन बदर

रास्वपाको बागलुङ जिल्ला अधिवेशन बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सम्पन्न भएपछि अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि अनुसार सञ्चालन नभएको निष्कर्ष निकालेको जनाएको छ ।

यससँगै आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन भएको भनिएको जिल्ला कार्यसमितिको घोषणा पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको छ । साथै, जिल्ला अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधिअनुसार पुनः सञ्चालन गर्न निर्देशन दिएको छ ।

आयोगका प्रमुख भुवन केसीका अनुसार नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय आगामी सात दिनभित्र सार्वजनिक गरिनेछ । सोही निर्णयका आधारमा जिल्ला अधिवेशन सम्पन्न गरिने आयोगले जनाएको छ ।

केन्द्रीय निर्वाचन आयोगले उक्त निर्णयको जानकारी सम्बन्धित निकायहरूमा पठाइसकेको र तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै