काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–काठमाडौं सडक सुचारु भएको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको थियो ।
लगातार भएको बर्षापछि धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक पहिरो गएको थियो भने चितवनको इच्छाकामनाको फिसलिङमा पनि पहिरो खसेको थियो । प्रहरीले हाल दुवै स्थानको पहिरो पन्छाएर यातायात दुईतर्फी सुचारु भएको जानकारी दिएको छ । प्रहरीले लामो लाइनका कारण सडक सामान्य हुन समय लाग्न सक्ने भन्दै लेन अनुशासन पालना गर्न आग्रह गरको छ ।
वर्षाका कारण रात्रीको यात्रामा जोखिम हुने भन्दै धादिङ र चितवन प्रशासनले गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाएका थिए ।









