• २०८३ श्रावण ४ सोमबार

सुशासन र रोजगारीलाई पहिलो प्राथमिकता दिन बाबुरामको सरकारलाई सुझाव

सुशासन र रोजगारीलाई पहिलो प्राथमिकता दिन बाबुरामको सरकारलाई सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारले एकैपटक धेरै काम अघि बढाउनुभन्दा देशका प्रमुख समस्या समाधानमा केन्द्रित हुन सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एकैचोटि धेरै लक्ष्य पछ्याउँदा कुनै पनि लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न नसकिने बताएका छन् । उनले सरकारलाई प्राथमिकता स्पष्ट बनाउन आग्रह गर्दै भनेका छन्- 'एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन, ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ ।'

उनले जनजी विद्रोहको पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित सत्तामा आएको नयाँ सरकारले अहिलेका लागि सुशासन र समृद्धिलाई नै मुख्य लक्ष्य बनाउनुपर्ने उल्लेख गरेका छन् ।

डा. भट्टराईले विशेषगरी देशभित्रै प्रत्येक वर्ष ८ लाखदेखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्ने विषयलाई सरकारको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । त्यसका लागि आवश्यक सबै नीति, योजना र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै