मोरङ । मोरङको केराबारी गाउँपालिका –०५ शान्ति चोकस्थित राजमार्गमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएकोमा उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका –११ घर भई हाल जिल्ला सुनसरी धरान उपमहानगरपालिका –१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।









