• २०८३ असार ३२ बिहीबार

एमाले नेतृ शाक्यलाई हृदयघात, एन्जियोप्लास्टी गरियो

एमाले नेतृ शाक्यलाई हृदयघात, एन्जियोप्लास्टी गरियो

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान पाटन अस्पतालमा भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार उनको मुटुको एउटा भल्भ  ब्लकेज भएको पाइएपछि ‘एन्जियोप्लास्टी’ गरिएको थियो ।  

एन्जियोप्लास्टी पश्चात् नेतृ शाक्यलाई हाल अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको छ । हाल उनको अवस्था अहिले पूर्ण रूपमा स्थिर र सामान्य रहेको बताइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै