काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली क्षेत्रीय स्थायित्व र आर्थिक उत्थानसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा सहभागी हुन बुधबार श्रीलंका प्रस्थान गरेका छन्।
जुलाई १६ देखि १८ सम्म कोलम्बोमा हुने सम्मेलनमा एसियाका विभिन्न देशका कम्युनिस्ट, समाजवादी र प्रगतिशील दलका नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा क्षेत्रीय शान्ति, आर्थिक संकट, जलवायु परिवर्तन, सैन्यीकरण र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुनेछ ।
भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजनीतिक नेताहरूसँग शिष्टाचार भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।









