• २०८३ असार ३० मंगलबार

लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउन सिफारिस

लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउन सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि  कार्यलयमा अनुपस्थित रहेका सहसचिव पदमा कार्यरत  एक कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त नभएको जनाएको छ। उनि २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन् ।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।

मन्त्रालयले कार्यालयमा अनुपस्थित, विदेशमा बसोबास गरिरहेका र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै