• २०८३ असार ३० मंगलबार

तेक्वान्दो खेलाडी वैभवीले चीनमा प्रतिष्पर्धा गर्ने

तेक्वान्दो खेलाडी वैभवीले चीनमा प्रतिष्पर्धा गर्ने

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले चीनमा हुने हाइनान कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्ने भएकी छन् ।

हाइनान प्रदेशस्थित हाइकाउ शहरको तुनचाङ काउन्टी रंगशालामा हुने सो प्रतियोगिता गाओशोहुई स्पोर्ट्स ट्रेनिङ कर्पोरेसनले आयोजना गर्न लागेको हो । ११ वर्षीया वैभवीले चीनमा क्योरुगी र पूम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् ।

साउन ९ देखि शुरु हुने सो प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेशिया, सिंगापुर, मलेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायतका खेलाडीले सहभागिता जनाएका छन् । वैभवीले केही अघि सम्पन्न सिक्किम अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई स्वर्णपदक दिलाएकी थिइन्  । वैभवीलाई भक्तपुर जिल्लाले २०८२ सालको उत्कृष्ट महिला तेक्वान्दो खेलाडी समेत घोषित गरेको छ । त्यसका लागि वैभवी साउन  ६ गते बुधबार चीनको हाइनान प्रस्थान गर्ने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै