• २०८३ असार २६ शुक्रबार

संघीय संसदका दुई समितिको बैठक बस्दै

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफल उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यस अघि बसेको बैठकमा उपसमिति गठनमा विवाद हुदा बैठक बिना निष्कर्ष स्थगित भएको थियो ।

त्यस्तै आज बिहान १०: १५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको सम्बन्धमा विज्ञद्वारा प्रस्तुती हुने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै