• २०८३ असार २६ शुक्रबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ भने कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

त्यस्तै आजको संवैधानिक आयोग राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै