• २०८३ असार २५ बिहीबार

मनाङ मालपोतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मनाङ मालपोतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । भूमि प्रशासन कार्यालय (मालपोत), मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार घुस मागेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
आयोगका अनुसार अनुसन्धानबाट कण्डेलले जग्गा रोक्का राख्ने कामका लागि विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख-हैरानी दिँदै ४० हजार घुस लिएको पुष्टि भएको जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर भएकाले अख्तियारले ४० हजार रुपैयाँ बिगो कायम गर्दै सोही बराबर जरिवाना र कैद सजायको मागसहित बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै