• २०८३ असार २४ बुधबार

सांसदले 'सभामुखले कान सुन्नुहुन्न' भनेपछि प्रतिनिधि सभामा लफडा, बैठक स्थगित

सांसदले 'सभामुखले कान सुन्नुहुन्न' भनेपछि प्रतिनिधि सभामा लफडा, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखको अपमान गरेको भन्दै बोल्न रोकेपछि संसदमा लफडा भएको छ । 

बुधबार बैठक शुरु हुनासाथ आकस्मिक समयमा बोल्न शुरु गरेका सांसद राईले सभामुखले कान नसुनेको भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित हुदै बोल्न रोकेका थिए । 

राईले सभामुख महोदय, तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित बनेका थिए । सभामुखले राईलाई बोल्न रोकेपछि एमाले सांसदहरुले उठेर बैठकमा अवरोध गरेका छन् ।

सांसद राईले बोलेको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले नियमआपत्ति गर्दै सो भनाई रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।

सभामुखले सांसद राईले माफी माग्ने र भनाई सच्याउन समय दिएपछि राईले सभामुखको व्यबहारप्रतिनै प्रश्न गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै