• २०८३ असार २३ मंगलबार

म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते

म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका-७ फेदीखोला स्थित सडकखण्डमा दुई वटा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

मंगलबार करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा पल्टिएर अगाडिबाट आउँदै गरेको ग३च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्दा दुर्घटना भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि दरबाङ आधारभूत अस्पताल, दरबाङ पठाइएको छ ।

दुवै जिपमा गरी १० जना सवार रहेकोमा एक जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै