• २०८३ असार २३ मंगलबार

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक विहिबार बस्ने

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ ।

बैठक बिहिबार बिहान ११: ३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । बैठकमा सुरुमा शून्य समय सञ्चालन गरिने र त्यसपछि नयाँ सदस्यहरूको शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ ।

यस्तै, विभिन्न उपसमितिहरूको आगामी कार्ययोजनाबारे छलफल गरिने, आवश्यक थप उपसमिति विस्तार गर्ने विषय पनि बैठकको कार्यसूचीमा समावेश गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै