• २०८३ असार २३ मंगलबार

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणमा सात दिने पुर्जी

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणमा सात दिने पुर्जी

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

विभाग जारी गरेको सार्बजनिक सूचनामा भनिएको छ- 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरबाट प्रसाद सिंह देउवाको नाति, शेरबहादुर देउवाको छोरा, डडेलधुरा जिल्ला, साविक असिग्राम गा.वि.स. वडा नं. ५ वतन भई काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका वडा नं. २ बस्ने वर्ष अ. ३१, ना.प्र.नं. १०६०/८५८६० (काठमाडौँ) को जयविर सिंह देउवाका नाममा जारी भएको हाजिर हुन आउने बारेको सूचना । (प्रकाशित मिति: २०८३/३/२३), सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्याद बाहेक यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र ललितपुर, पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन आउनुहुन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको छ । म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानून बमोजिम हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै