• २०८३ असार २३ मंगलबार

सुकुम्बासीको व्यवस्थापनमा सरकार असफल भएको रास्वपा सचेतक धितालको आरोप

सुकुम्बासीको व्यवस्थापनमा सरकार असफल भएको रास्वपा सचेतक धितालको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्ति सिखा धितालले सुकुम्बासी व्यवस्थापनमा सरकार असक्षम भएको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद धितालले सुकुम्बासीको व्यवस्थापन जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ अघि बढाइनुपर्थ्यो, त्यसरी नभएको भन्दै यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गरेको आरोप लगाएकी छन् । उनले आज सडकमा बगिरहेका सुकुम्बासीका आशुले हामी सबैलाई पोल्नुपर्छ भन्दै के अभिभावकीय राज्य यस्तै हुन्छ ? भनेर प्रश्न समेत गरेकी छन् । 

उनले भनेकी छन्- 'आज सडकमा बगिरहेका सुकुम्बासीका आशुले हामी सबैलाइ पोल्नुपर्छ । सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै