• २०८३ असार २२ सोमबार

चितवनमा हात्तिको आक्रमणबाट आमा र छोराको मृत्यु

चितवनमा हात्तिको आक्रमणबाट आमा र छोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा र छोराको मृत्यु भएको छ ।

शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले सुतिरहेकी उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गर्दा दुवैको मृत्यु भएको हो ।

हात्ती धपाउने क्रममा पूर्ण बोटेले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएपछि नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट पुगेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै