काठमाडौं । काठमाडौँ उपत्यकामा वितरण हुदै आएको मेलम्चीको खानेपानी अवरुद्ध हुने भएको छ ।
आयोजनाको मुहानमा बाढी पसेपछि मुहान आजदेखि अस्थायी रूपमा बन्द गरिएपछि उपत्यकाको खानेपानी वितरण प्रभावित हुने भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।
वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएकोले अस्थायी रुपमा रोकिएको र गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरिने केयूकेएलले जनाएको छ ।









