• २०८३ असार १९ शुक्रबार

बर्षाले रद्ध भयो भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टी- २० खेल

बर्षाले रद्ध भयो भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टी- २० खेल

काठमाडौं । भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टी- २० अन्तर्राष्ट्रिय वर्षाका कारण कुनै नतिजाविना समाप्त भएको छ । इङ्ग्ल्यान्डको इनिङ्स सुरु नै हुन नसकेपछि खेल रद्द गरिएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८९ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्मा र कप्तान श्रेयस अय्यरले अर्धशतकीय इनिङ्स खेलेका थिए । शर्माले ५९ रन बनाएका थिए भने कप्तान अय्यरले ६८ रन बनाएका थिए । त्यस्तै शिभम दुबेले ४२ रन बनाएका थिए । 

भारतको इनिङ्स सकिने क्रममा वर्षा सुरु भएको थियो । त्यसपछि इङ्ग्ल्यान्डको इनिङ्स सुरु हुनुअघि वर्षा झन् तीव्र बनेपछि खेल पुनः सञ्चालन हुन नसक्दा विजेता टुंगो लाग्न सकेन । 

यस खेलमा पनि भारतले १५ वर्षीय वैभव सूर्यवंशीलाई अन्तर्राष्ट्रिय खेलमा पहिलो अवसर दिएन । आयरल्यान्डसँगको सिरिज २-० ले गुमाएपछि उनले अवसर पाउने अनुमान गरिएको भए पनि कप्तान श्रेयस अय्यरले मुख्य टोलीमै विश्वास कायम राखे ।

आयरल्यान्डविरुद्ध दोस्रो खेलबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका तीव्र गतिका बलर प्रिन्स यादव र सूर्यांश शेडगेलाई पनि यस खेलमा स्थान दिइएन । भारतले यस खेलका लागि अक्षर पटेल, रवि बिश्नोई र वरुण चक्रवर्तीसहित तीन स्पिनरलाई अन्तिम एघारमा समावेश गरेको थियो । दुवै टोलीबीचको दोस्रो टी- २० खेल शनिबार म्यानचेस्टरमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै