काठमाडौँ । मोरङ र सोलुखुम्बुबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
मोरङमा, ७ वर्षीय वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-३ तल्लो हचुवा बस्ने ५५ वर्षीय बुद्धि बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । बुद्धि बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै सोलुखम्बुमा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुदुधकुण्ड नगरपालिका-७ नाजिङ डेरा गरी बस्ने माप्यदुधकोशी गाउँपालिका-५ घर भएका ३७ वर्षीय ग्याल्जेन शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । ग्याल्जेनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी दोर्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









