काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५१ कम्पनिका ७६ लाख ९९ हजार २२७ कित्ता शेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी स्नो रिभर, टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाभिमान लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई बैंकको ८ करोड ८३ लाख बराबरको कारोबार भएको छ भने सोपान फार्माको ८ करोड ८० लाख बराबरको कारोबार भएको छ ।









