• २०८३ असार १५ सोमबार

आफ्नै दाईको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै दाईको हत्या गरेको अभियोगमा पक्राउ

बाँके । आफ्नै दाई २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-१५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको   हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै