• २०८३ असार १४ आइतबार

चुनावमा धक्का खायौं तर समाप्त भएका छैनौं- ओली

चुनावमा धक्का खायौं तर समाप्त भएका छैनौं- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धक्का खाएको बताउदै समाप्त नभएको बताएका छन् । 

जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै ओलीले चुनावमा धक्का खाएको बताउदै समाप्त नभएको बताए । उनले भने- 'अहिले चुनावमा हामीले धक्का खाएका छौं । यो धक्का हो तर हामि समाप्त भएका छैनौं । धक्का खानु र समाप्त हुनु एउटा कुरा हो । हामी अहिले लडेका हौँ मरेका हैनौं । फेरी उठ्छौं र प्रतिक्रियावादीलाई पराजित गर्छौं ।'

ओलीले सरकारको आलोचना गर्दै बोलाएको संसद रोकेर अध्यादेश जारी गरेको आरोप लगाउदै सरकारका गैरसंबैधानिक काम रोक्न बामपन्थी शक्ति एक हुनुपर्ने बताए । ओलीले आफुहरु संक्रीणता नराख्ने र असम्भव कुराहरुप्रति उदार समेत नरहेको बताउदै सरकारका असंबैधानिक क्रियाकलाप रोक्न पनि एक हुनुपर्ने बताए ।

उनले काँग्रेस फुटेको उल्लेख गर्दै अन्य दललाई पनि फुटाउने प्रयास गरिएको दाबि गरेका छन् । एमाले बलियो र एकताबद्ध पार्टी भएको बताउदै आफ्ना उद्देश्यप्रति सचेत र सजक रहेको र कसैले हात हाल खोज्दैमा त्यस्ता कुरालाई पराजित गर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै