काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रास्वपाको महाधिवेशनबाट पारित दस्ताबेजबाट लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको टिप्पणी गरेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गर्दै आलोचना गरेका हुन् । उनले लोकप्रियताको सुन्दर घुम्टोले केमोफाइज भएर जनमत जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काइ जिस्काई सेबेटोज गर्न बढ्दै गएको कपट र षडयन्त्रप्रति गम्भीर र सचेत रहेको चेतावनी दिएका छन् ।
दुलालले प्रदेशका केहि सांसदहरुले लिएको पारिश्रमिकले देश विकास भएन भन्ने भनिएको भन्दै रास्वपाको दस्ताबेजप्रति आपत्ति जनाएका छन् ।
दुलालले आवधिक चुनावमा यो पटक हारेपनि सधैंका लागि नहारेको बताउदै आफुहरु विचारका विजक भएको जिकिर गरे । उनले विचार सही भए, विचारको समय सापेक्ष विकास भए सारालाई प्रभाव पार्न सक्ने र सानो झिल्कोले सिंगो जंगल सखाप पार्न सक्ने बताए ।









