• २०८३ असार १० बुधबार

रास्वपाको मतदान फेरी सर्यो, राति १० बजेदेखि शुरु हुने

रास्वपाको मतदान फेरी सर्यो, राति १० बजेदेखि शुरु हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी प्रथम महाधिवेशनको मतदान फेरी सरेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार अब मतदान १० बजेदेखि शुरु हुने भएको हो । यसअघि साढे ८ बजेदेखि शुरु हुने भनिएको भएपनि विद्युतीय मेशिनमा प्राविधिक काम भइरहेकोले मतदानको समय फेरी सारिएको बताइएको छ । 

आयोगले ९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवारको प्रारम्भिक सूची समेत सार्बजनिक गरेको छ । यस अघि आयोगले ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली साढे ६ बजे सार्बजनिक हुने र साढे ८ बजेदेखि मतदान हुने समयतालिका सार्बजनिक गरेको थियो । आयोगले मतदान सम्पन्न भएको २ घण्टामा मतपरिणाम सार्बजनिक हुने जानकारी दिएको छ । एक प्रतिनिधिलाई मतदान गर्न बढीमा १५ मिनेट समय लाग्ने भनिएको छ । 

त्यस्तै दोस्रो चरणमा हुने पदाधिकारीको निर्वाचनको कार्यतालिका त्यसपछि प्रकाशित गरिने आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै