• २०८३ असार ५ शुक्रबार

मेसीका पिता अस्वस्थ

मेसीका पिता अस्वस्थ

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीका पिताको स्वास्थ्य अवस्थाबारे परिवारले आधिकारिक जानकारी सार्वजनिक गरेको छ ।

परिवारले जारी गरेको विज्ञप्तिमा मेसीका पिता हाल स्वास्थ्यसँग सम्बन्धित समस्यासँग जुधिरहेका र चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाएको छ । उनको अवस्था अहिले सुधारतर्फ उन्मुख रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, केही दिनअघि अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हराएको खेलमा मेसीले पहिलो गोल गरेपछि भावुक हुँदै आँसु झारेका थिए । सो खेलमा उनले ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा मिरोस्लाभ क्लोजेसँग बराबरी गरेका थिए ।

खेलपछि मेसीले आफू रोएको कारण फुटबलसँग सम्बन्धित नभएको स्पष्ट पारेका थिए । उनले केही कठिन दिनहरू पार गरेको र टोली तथा सहकर्मीहरूको साथले आफूलाई बल दिएको बताएका थिए ।

परिवारले पछिल्ला दिनमा फैलिएका अनुमान र हल्लाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै यो विषय पूर्ण रूपमा व्यक्तिगत रहेको स्पष्ट पारेको छ । साथै, परिवारबाहेक अन्य स्रोतबाट आएका कुनै पनि दाबीलाई आधिकारिक नमान्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा हल्ला नफैलाउन र परिवारको गोपनीयता सम्मान गर्न पनि सबैलाई अनुरोध गरिएको छ । मेसी परिवारले समर्थन र शुभकामनाका लागि धन्यवाद पनि व्यक्त गरेको छ ।

अर्जेन्टिनाले अब समूह चरणको अर्को खेल अस्ट्रियासँग खेल्नेछ भने अन्तिम खेल २८ जुनमा जोर्डनसँग हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै