• २०८३ असार २ मंगलबार

प्युठानमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा १३ थान भरुवा बन्दुक फेला

प्युठानमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा १३ थान भरुवा बन्दुक फेला

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खड्क सामुदायिक वनबाट बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला परेको छ।

प्रहरीका अनुसार फोर्साको रुखमुनि बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक तीन थान बेसाबुत र १० थान साबुत अवस्थामा फेला परेको हो।

फेला परेका सबै १३ थान अवैध भरुवा बन्दुक बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै