• २०८३ असार १ सोमबार

एमाले फुट्दैन, पुनर्गठन हुन्छ- योगेश भट्टराई

एमाले फुट्दैन, पुनर्गठन हुन्छ- योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी टुट्ने फुट्ने नहुने तर पुनर्गठन हुने बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले पार्टी पुनर्गठन हुने बताउदै टुट्ने फुट्ने नहुने, सबै मिलेर एकताबद्ध हुने र सबैको सम्मान हुने टिप्पणी गरेका छन् ।  उनले साथै उनले मति सुध्रने र गति बढ़ने समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 'छोक, ढुक्क रहनुहोस, लोभ छैन, पाप छैन,  पुनर्गठन हुनेछ, फुटने छैन, टुटने छैन, सबै मिल्ने छन, थप एकताबद्ध हुनेछन, सबैको सम्मान हुनेछ, मति सुध्रने छ, गति बढ़ने छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै