• २०८३ जेठ २८ बिहीबार

नेप्से ८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

नेप्से ८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५० कम्पनिका ९२ लाख ३१ हजार २१६ कित्ता शेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ मा कारोबार भएको थियो । 

आज होटल्स र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने  अपोलो हाइड्रोको शेयर १४.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.५१ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सिटी होटल्सको २३ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै