• २०८३ जेठ २८ बिहीबार

कर्णाली करिडोरको कालीकोट खण्ड अवरुद्ध

कर्णाली करिडोरको कालीकोट खण्ड अवरुद्ध

सुर्खेत । कर्णाली करिडोरको कालीकोट खण्ड अवरुद्ध भएको छ ।

मंगलबार रातिदेखिको वर्षाका कारण पहिरो खस्दा कालीकोटको नरहरिनाथमा पर्ने लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणीको रेगिंल खण्ड र पचालझरनाको घाटपारी खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध छ । कालीकोट प्रहरीका अनुसार करिब ३ किलोमिटर सडकमा लेदो बगेकाले पन्छाउनै कठिन रहेको बताएको छ । 

कर्णाली करिडोर हुँदै कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, बाजुरा र हुम्लाबाट आएका गाडी ठाउँ ठाउँमा रोकिएका छन् भने सुर्खेतबाट आएका गाडी पनि खुलालुमै रोकिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै